आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

काठमाडाैं | माघ १०, २०८२

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

काठमाडौं: आईसीसीले टी–२० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाउँदै स्कटल्याण्डलाई खेलाउने निर्णय गरेको छ। 


बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई प्रतियोगिताबाट हटाएर स्कटल्याण्डलाई खेलाउने निर्णय लिएको हो।


बीसीबीले निरन्तर बंगलादेशले भारतबाहिर श्रीलंकामा खेल सार्न दबाब दिँदै आएको थियो। यता आईसीसीले विश्वकपको निर्धारित तालिका परिवर्तन गर्न नसक्ने बताएपछि अन्तत बंगलादेश विश्वकपबाटै बन्चित भएको हो। 


बिहीबार बीसीबीले भारतमा खेल्न नजाने निर्णय गरेपछि आईसीसी बोर्ड बैठकले भारतमा खेल्न नजाने बंगलादेशलाई प्रतियोगिताबाट हटाएर अर्को टिमलाई मौका दिने निर्णय लिएको हो। अब बंगलादेश आउट भएपछि युरोप छनोट पार गर्न नसकेको स्कटल्याण्डले विश्वकप खेल्ने अवसर पाउने छ। आईसीसीले बंगलादेश नखेल्ने भएपछि विश्वकप खेल्ने देशबाहेक माथिल्लो वरियतामा रहेको स्कटल्याण्डलाई अवसर दिएको हो। 


इन्डियन प्रिमियर लिग (आईपीएल)को कोलकाता नाइट राइडर्सले बंगलादेशका खेलाडी मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाएपछि सुरु भएको विवादले बंगलादेश भारतमा क्रिकेट खेल्न नजाने अवस्थामा पुगेको हो। यो घटनापछि भारतीय क्रिकेट बोर्ड र बीसीबीबीच तनाव बढेको थियो। सोही तनाव व्यवस्थापन नहुँदा बंगलादेशको पूरै टिमले विश्वकप खेल्न भारत आउन अस्वीकार गरेको हो। 


यो विवादपछि बंगलादेश सरकारले आईपीएल प्रसारणमै प्रतिबन्ध लगाएको छ।  

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्